राक्सिराङ गाउँपालिकाले डिजिटल प्रणाली लागू गर्ने

लोकखबर
२ माघ २०७८, आईतवार १३:३१

मकवानपुर । मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाले डिजिटल प्रणाली लागू गर्ने भएको छ । गाउँपालिकाले पालिका र वडाहरुबाट प्रदान गर्ने सेवाहरुलाई डिजिटल बनाउने योजना बनाएको जनाएको छ । पालिकाको सेवाहरु नागरिकले घरबाटै लिन सकिने व्यवस्था बनाउने उद्देश्यका साथ सो पूर्वाधार निर्माणको कामलाई तीब्रता दिइको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।

उनका अनुसार, डिजिटल रुपमा सेवा प्रवाह गर्नका लागि पालिकाले पूर्वाधारहरुको निर्माणलाई प्राथमिकतामा राखेको हो । ‘हामी सबै वडाहरूमा इन्टरनेट सेवा विस्तारको लागि काम गरी रहेका छौं । भौतिक तथा इन्टरनेट पूर्वाधारको काम सम्पन्न गर्न हामी प्रयासरत रहेका छांै । त्यसको लागि केही समय लाग्न सक्छ । हामी सेवा प्रवाहलाई पनि सो प्रणालीका जोड्ने योजना अनुसार प्रयासरत छौ ।’ उनले भने ।

गाउँपालिकाले विद्युतीय सुशासन प्रणाली अवलम्बन गर्ने भएको छ । पालिकाको आर्थिक, सामाजिक, भौगोलिक र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सकिने तवरले विद्युतीय सर्भर तयार पारेर विद्युतीय सुशासन प्रणाली अवलम्बन गर्ने तयारी गरेको हो । पालिकाले गत पुस ३० गते बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री चेपाङसहित गाउँपालिकाका जनप्रतिनिधिले विद्युतीय सुशासन प्रणालीको उद्घाटन समेत गरिसकेको छ ।

पालिकाले उक्त विद्युतीय सुशासन प्रणालीमा पालिकाका २४ हजार जनसंख्याको डिजिटल व्यक्तिगत विवरण समावेश गरीसकेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । पालिकाले स्मार्ट पालिका प्रा।ली मार्फत् वडा वडामा सर्वेक्षण गरेर नागरिकहरुको डिजिटल प्रोफाइल, समाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा शैक्षिक विवरणहरू तयार पारेको उनको भनाई छ । भू स्वामित्व नभएका व्यक्तिहरुको विवरण पनि सो प्रणालीमा समावेश गरीएको उनले बताए ।

उक्त प्रणाली अन्तर्गत पालिकाले वडागत जनसंख्या, धर्म, साक्षरता लगायतका विवरण समावेश गरिएको जनाइएको छ । प्रणालीमा सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य संस्थाको विवरण पनि अनलाइनमार्फत नै हेर्न सकिने गरी व्यवस्था गरिएको छ । तु खबरको सहयोगमा

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*