सेयर बजार परिसूचक २९ सय अंकमाथि

लोकखबर
२०७८ माघ २, आईतवार १३:४४

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ सय ३९ अंकमा पुगेको छ ।

२८ सय ७३ अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक बढेर २९ सय अंक माथि पुगेको हो ।

यसक्रममा यो समाचार तयार पार्दासम्म परिसूचक ८१.३० अंकले बढेको छ । यस्तै, पाँच अर्ब ८ करोड रुपैयाँ बराबरको ९६ लाख ५४ हजार कित्ता सेयर किनबेच भएको छ ।

अहिलेसम्म मध्य भोटेकोसी जलविद्युत कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्य समान ९-९ प्रतिशत बढेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको