मुख्यमन्त्री पाण्डे बाहिरी कार्यक्रमहरुमा आफ्नो सहभागी नजनाउने

लोकखबर
२०७८ माघ २, आईतवार १६:५५

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालयभन्दा बाहिरी कार्यक्रमहरुमा सहभागी नजनाउने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम पुनः दिनानुदिन बढ्न थालेपछि यो सातामा मुख्यमन्त्री पाण्डेको सहभागिता रहने भनिएका बाहिरी कार्यक्रमहरुमा उनको सहभागिता रद्द गरिएको हो ।

मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत प्रसाद उपाध्यायले मुख्यमन्त्री पाण्डे सहभागी हुने निश्चित भइसकेका यो साताका १० वटा कार्यक्रमहरुमा मुख्यमन्त्री सहभागी नहुने जानकारी गराइसकिएको बताए । पुस ३० गतेदेखि नै मुख्यमन्त्री पाण्डेले बाहिरी कार्यक्रमहरुमा सहभागी हुन छाड्नुभएको निजी सचिव उपाध्यायले बताए ।

माघ ९ गतेका लागि भने मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा एक भवन उद्घाटनको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सहभागिता जनाउने भएको छ । न्यून संख्यामा सहभागी रहने कार्यक्रम तय भएकोले ईन्द्रसरोवर गाउँपालिकाको कार्यक्रममा भने मुख्यमन्त्री पाण्डेको सहभागिता रहने निजी सचिव उपाध्यायको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको