जेसीआइ हेटौंडा २०२२ को अध्यक्षमा पौडेल

लोकखबर
२०७८ माघ २, आईतवार २१:५६

मकवानपुर । हेटौंडा जेसीआइ २०२२ को अध्यक्षमा कविता पौडेल चयन भएका छन् ।

हेटौंडामा रहेको जेसीआइ हेटौंडा शाखाले आइतबार आफ्नो २३ वर्ष पूरा गरि २४औ वर्षमा प्रवेश गरेसंगै नयाँ नेतृत्वका रूपमा अध्यक्षमा पौडेललाई चयन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी उप मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसीआइ हेटौंडा शाखालाई सहयोग र साथ दिने विभिन्न संस्थालाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

यस्तै कार्यक्रममा बोल्ने क्रममा जेसीआइ हेटौंडा २०२१ का अध्यक्ष प्रतिमा श्रेष्ठले संस्था सन् १९९८ मा स्थापना भएको जेसीआइ हेटौंडाले २४ औ वर्षको यात्रा सुरु गरेको जानकारी दिइन् । उनले आफ्नो कार्यकालमा गरेको गतिविधिहरुलाइ सम्झना गर्दै गरेको कार्यक्रमहरु बारे चर्चा गरिन। साथै उनले जेसीआइ २०२२ का लागि नवनिर्वाचित अध्यक्ष कविता पौडेललाई पद हस्तान्तरण पनि गरिन ।

कार्यक्रममा जेसीआइ हेटौंडा शाखाका पुर्व अध्यक्ष र प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो भने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको