नाम र राजधानी तोकिएको खुशीयालीमा मधेस प्रदेशमा बिदा
मकवानपुर । प्रदेशको नाम र राजधानी टुंगिएको खुशीयालीमा आज आज मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।
सोमबार प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको हो । प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा आज मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको मधेस प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।
मधेस नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए ।











































