राष्ट्रियसभा सदस्य उप निर्वाचनमा बागमतीमा ३४३ जनाद्वारा मतदान

लोकखबर
२०७८ माघ १२, बुधबार १५:३३

मकवानपुर । राष्ट्रियसभा सदस्य अन्तर्गत खाली दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको चुनावमा ३ सय ४३ मत खसेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको औद्योगिक क्षेत्रमा विहानबाट मतदान सुरु भएको थियो । अघि दिउशो ३ बजेसम्म भएको मतदानमा बागमती प्रदेशसभाका १०९ जना सांसदमध्ये १०६ जनाले मतदान गरेका हुन् ।

यस्तै, स्थानीय तहका २ सय ३७ जना जनप्रतिनिधीले चुनावमा भोट हालेका छन् । चुनावमा विवेकशील साझा पार्टीका ३ जना सांसदले भने पार्टीको निर्णय अनुसार मतदानमा सहभागी नभएका हुन् ।

अब अपरान्ह ४ बजेपछि चुनावमा मतगणना सुरु गरिने र आजै बेलुका ७ बजेभित्र मत परिणाम सार्वजनिक गरिने जनाइएको छ ।
रिक्त राष्ट्रियसभा सदस्य पदका लागि बागमतीबाट ६ जनाका बीचमा प्रतिष्पर्धा भइरहेको छ । गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल प्रतिष्पर्धा भएको छ ।

यस्तै, प्रदेशको विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यका बीच चुनाव भएको हो । यस्तै, नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको