मानव सेवा आस्रमद्वारा दुई जना महिलाको उदार
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-९ स्थित रहेको मानवसेवा आस्रमले आज दुई जना महिलाको उदार गरेको छ ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लछमन भण्डारीको उपस्थितिमा दुई जना महिलाको उदर गरिएको हो ।
मानवसेवा आस्रमले प्रतेक शनिबार रात्रीको समयमा अनुगमन गर्ने तथा सडक मानवमुक्त बनाउने अभियानका रूपमा कार्य गर्दै आएको आस्रमका अभियन्ता होमनाथ पौडेलले बताए ।
आस्रमका अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ गद्दीबाट एक महिला र कान्तिराज पथबाट एक जना महिलागरि दुई जना महिलाको उदार गरेको हो । उनीहरुको पहिचान न खुलेको तथा भोलीदेखि उनको परिवारखोजी कार्य अगाडि बाढाउने आस्रमका अभियन्ता पौडेलले बताए ।
हेटौंडाको बस पार्कबाट अनुगमन कार्यसुरु गरि बुद्धचोक, चौकीटोल, गद्दी, बनस्खन्डी मन्दिर, मनकामना चोक र सानोपोखरा चोक हुँदै बस पार्कसम्म अनुगमन गरिएको थियो ।
कार्यक्रममा मानव सेवाआस्रमका अभियन्ताहरु, शस्त्र प्रहरी, वडा नम्बर ९ का जनप्रतिनिधिहरु, लोक खबर अनलाइनका सम्वाददाता रन्धिर साह र समृद्ध समाज राष्ट्रिय दैनिक पत्रीकाकि सम्वाददाता जमुना थिङ्ग लगाएको उपस्थिती रहेको थियो ।
।











































