भिडभाड हुने स्थान माघ मसान्तसम्म नखोल्न जिप्र मकवानपुरका आदेश
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भिडभाड हुने केही स्थान माघ मसान्तसम्म नखोल्न आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार थप २ बुँदे आदेश जारी गरेको हो ।
मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले सिनेमा हल, डान्स बार, नाचघर, क्लव, हेल्थ क्लव, जिम खाना, स्विमिङ पुल, पिकनिक स्थल, खेलमैदान, फुटसल, पटके हाटबजार, विद्यालय, ट्युसन सेन्टर र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ माघ मसान्तसम्म बन्द गर्न २ बुँदे आदेश जारी गरेका हुन।












































