बारामा नक्कली रुपैयाँ सहित एक जना प्रहरीको फन्दामा 

लोकखबर
२०७८ माघ १९, बुधबार १३:५७

मकवानपुर । नक्कली रुपैयाँ सहित एक जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

मंगलबार राती बारा जिल्लाको सिम्रौनगढको हरिहरपुर सडक खण्डबाट नक्कली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरिको संयुक्त टोलिले सो स्थानमा चेकजाँच गर्ने क्रममा ना.२५ प. १९७८ नम्बरको मोटरसाइकलमा सवार किशोरी साहलाई पक्राउ गरेको हो । उनी जिल्ला रौतहटको मौलापुर नगरपालिका ७ पिपरिया निवासी अन्दाजी ३२ बर्षको रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहको साथबाट नक्कली नेपाली रुपैया १ हजारको नोट २ सय ९६ थान गरि दुई लाख छयानब्बे हजार र सकली नोट बाह्र हजार एक सय पैतालिस रुपैयाँ बरामद गरिएको बारा प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको