जनमत पार्टीको अनिश्चितकालीन चक्काजाम

लोकखबर
२०७८ माघ २०, बिहीबार ११:४६

११ बुँदे माग अघि सारेर किसान आन्दोलन गरिरहेको जनमत पार्टीबारे सरकारले कुनै चासो नदिएपछि जनमतले अनिश्चितकालका लागि चक्काजाम घोषणा गरेको हो ।

किसान माथि चरम दमन जारी राखेकोले किसानको हकहितमा जनमत पार्टीले करिब १ महिना भन्दा बढी देखि आन्दोलन गर्दै आएको छ । सो आन्दोलनबारे सरकारले बेवास्ता गरेपछि, आजदेखि पूर्ण रुपमा सडक बन्दको घोषणा गरिएको जनमत पार्टीका उपाध्यक्ष दिपक कुमार साहले जानकारी दिए ।

बन्द कार्यक्रमलाई सफल पार्न सडकमै जनमतका नेता कार्यकर्ताहरूले टेण्ट लगाएर बसेका छन । उनीहरुलाई त्यहीँ खाने बस्ने व्यवस्था मिलाएको उनले बताए । किसानलाई सिंचाईको व्यवस्था गर्नुपर्ने, बिजुली निशुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका माग राख्दै जनमत पार्टीले मधेशकेन्द्रित आन्दोलन गरिरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको