बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

लोकखबर
२०७८ माघ २०, बिहीबार १३:२०

बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ ।

पुस १३ गते भेरी अस्पतालमा अस्पताल भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका– २ का ८६ वर्षीय पुरुषको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज वलीले जानकारी दिए। यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४८ पुगेको छ ।

यस्तै भेरी अस्पतालमै गए राति पौने १२ बजे दाङको शान्तिनगर गाउँपालिका –२ का ८० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो। उनलाई पुस १६ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको