माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
काठमाडौँ । हुम्लामा आज माटोले पुरिएर एक महिलाको मृत्यु भएको छ । घर लिपपोत गर्ने माटो खन्ने क्रममा खार्पुनाथ गाउँपालिका वडा नम्वर १ को प्युस गाउँ निवासी ४० बर्षीया देवकी शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार विहान पशुवस्तुका लागि वनबाट सोत्तर संकलन गरी गोठमा ल्याइ खाना खाएर गाउँभन्दा एक किलोमिटर टाढाको मुसेडी भन्ने ठाउँमा घर लिपपोत गर्नका लागि माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोले पुरिएर उनको मृत्यु भएको हो ।
माटो लिन सँगै गएका ३ जना महिलामध्ये २ जना बाहिर बसेको र मृतक शाही भित्र खाल्डोमा माटो खन्दै गर्दा माथिबाट आएको माटोको ढिस्काले पुर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक शाहीका श्रीमान्, चार जना छोरी र दुई जना छोरा छन् ।











































