भोलिबाट मौसममा सुधार आउने
मकवानपुर । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसमममा बदली भइरहेको छ । भोलि आइतबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
आज शनिबार पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।
मकवानपुरका विभिन्न ठाउँमा हिउँ परेको छ ।











































