मकवानपुरगढीमा १२५ जना विद्यार्थीलाई न्यानो कपडा
मकवानपुर । गुहेश्वरी मर्चेण्ट बैंकिङग् एण्ड फाइनान्स लिमिटेड हेटौंडा शाखाले १ सय २५ जना विद्यार्थीहरुलाई न्योनो कपडा (स्वेटर) वितरण गरेको छ ।
शनिबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को बाल जागृती आधारभुत विद्यालयका १ सय २५ जना विद्यार्थीहरुलाई चिसोबाट जोगिन न्यानो कपडा सहयोग गरिएको फाइनान्सका हेटौंडा शाखाका प्रमुख विजय पुडासैनीले जानकारी दिए ।
फाइनान्सको सामाजिक उत्तरदाही कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको उनको भनाई थियो ।











































