आज बजारमा कति छन् सुनचाँदीको मूल्य ?

लोकखबर
२०७८ माघ २३, आईतवार १२:३१

साताको पहिलो कारोबार दिन आइतवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रवार रू।२०० ले घटेको सुनको मूल्य आइतवार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू.९२ हजार ५०० मा कारोबार भएको छ । शुक्रवार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू.९२ हजारमा कारोबार भएको छ ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रवार प्रतितोला रू.१ हजार २५० मा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको