मन्त्री थपेको भन्दै प्रदेश १ मा विरोध प्रदर्शन

लोकखबर
२०७८ माघ २३, आईतवार १२:४२

विराटनगर । प्रदेश नम्वर १ मा मन्त्री थपिएको विरोधमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन र युवा संघमा आवद्ध विद्यार्थी–युवाले प्रदेश प्रमुखको कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन् ।

आज कार्यालय प्रवेश गर्ने सडकमा अवरोध गर्दै बिहानैदेखि उनीहरूले प्रदर्शन गरिरहेका छन् ।

प्रदेश–१ मा सात मन्त्रालय फुटाएर १३ बनाइएकोले विरोधमा उत्रिएको युवा संघका नेता मुकेश बुढाथोकीले बताए ।

कोसी राजमार्गको ढाटनजिकैबाट प्रदेश प्रमुखको कार्यालय छिर्ने सहायक सडकमा त्रिपाल ओछ्याएर विद्यार्थी धर्नामा बसेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको