अन्तर्राष्ट्रिय संसदीय सञ्जालमा पौड्याल

लोकखबर
२०७८ माघ २३, आईतवार १८:२९

मकवानपुर । संसारभरका सांसद्को सञ्जाल शिक्षाका लागि अन्तर्राष्ट्रिय संसदीय सञ्जाल सदस्यमा वागमती प्रदेशबाट विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौड्याल चयन भएका छन् ।

शनिबार नेपालबाट १४ जना सांसद्मध्ये नेपाली कांग्रेसका महामन्त्री गगन थापास“गै वागमती प्रदेशबाट पौड्याल चयन भएका हुन् । चयन भएका सदस्यमा नेपालका सांसद्हरु विद्या भट्टराई, विशाल भट्टराई, नमिताकुमारी चौधरी, सरिता न्यौपाने, बिमला राई पौड्याल, भीमसेनदास प्रधान, प्रकाश रसाइली, नारदमुनि राना, धर्मराज रेग्मी, यज्ञराज सुनुवार, प्रदीप यादब र चित्रलेखा यादब चयन भएका छन् ।

संसारका ५५ देशका सांसद् रहेको संस्थामा देशका बालबालिकाको बिभिन्न कारण पढ्न नपाएकाको स्थितिमा सम्बन्धित देशका सरकारहरुमाझ लैजान अभिप्रेरित गर्ने सांसद् पौड्यालले बताए । यसस“गै सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षा, दीगो विकास लक्ष्यप्राप्तिका लागि राजनीतिक दलहरुलाई झकझकाउने काम सञ्जालले गर्ने उनले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको