हेटौँडामा गर्‍यो युवा संघले राँके जुलुश

लोकखबर
२०७८ माघ २३, आईतवार १९:३१

मकवानपुर । युवा संघ नेपाल हेटौँडा नगर कमिटिले बागमती प्रदेशको राजधानी हेटौँडामा राँके जुलुश गरेको छ । आज साँझ स्कुलरोडबाट शुरु भएको राँके जुलुस सिमाचोक हुँदै बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

उक्त राँके जुलुशमा करिब १ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जुलुशमा सहभागीहरुले प्रधानमन्त्री शेर बहादुर देउवा सरकारले चालेको कार्यलाई असंवैधानिक भन्दै मापसे सरकार मुर्दावाद, रेनुकुमार यादवलाई बर्खास्त र गठबन्धन सरकार मुर्दावाद जस्ता विभिन्न कडा नाराहरु समेत लगाएका छन् ।

कोण सभामा बोल्दै युवा संघ नेपालका जिल्ला अध्यक्ष लक्ष्यण उपे्रतिले सरकारले मुल्य बृद्धि तत्काल फिर्ता नगरे संघर्षका कार्यक्रमहरु तय गरी आन्दोलमा उनले बताए । पटक पटक पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धिले जन्ताले हैरानी खेप्नुपरेको उनले बताए ।

बारम्बार मुल्य बृद्धि हुदाँ नेपाली जनता मारमा परेको उनको भनाई छ । बिरोध कार्यक्रममा युवा संघले पेट्रोलियम पदार्थ मुल्य बृद्धि बन्द गर, सरकारी असंवैधानिक अभिव्यक्ति र निर्वाचान नगर्ने चलखेला विरुद्ध मुर्दावाद,चुनाबी घोषणा पत्र लागु गर लगायतका नाराबाजी गर्दै माग गरेका थिए ।

युवा संघ नेपाल हेटौँडा नगर कमिटिका अध्यक्ष राजेश नगरकोटीले सरकारले पेट्रोलियम पदार्थ सँगै अन्य पदार्थको पनि मुल्य बढाएको र आम उपभोत्ताको ढाड सेक्ने काम गरेको हुँदा यसको तत्काल फिर्ता गर्नको माग गर्दै प्रर्दशन गरिएको बताए।

युवा संघ नेपाल हेटौँडा नगर कमिटिका सचिव मनोज चौलागाईले संचालन गर्नु भएको जुलुसमा केन्द्रिय सचिबालय सदस्य आरति पाठ्क, युवा संघका जिल्ला इन्चार्ज दिलु घर्ति, केन्द्रिय सदस्य रमिला घलान, पार्टी जिल्ला सदस्य सुनिल लोप्चन, नरेन्द्र पाटि जिल्ला कमिटि सदस्य नरेन्द्र भण्डारी, नेकपा एमाले ६ नम्बर वडा कमिटि अध्यक्ष विश्वराज राई लगायतको आथित्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको