खुमलटारमा विप्लवलाई धक्का, सिंगो जिल्ला समिति नै माओवादीमा प्रवेश
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सिंगो जुम्ला समिति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । आज बिहान खुमलटारमा आयोजित एक समारोहका बीच ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टी माओवादी केन्द्रमा समाहित भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको हो।
प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड निवास (खुमलटार) मा आज मंगलबार बिहान आयोजित एक कार्यक्रमका बीच विप्लव नेकपाका जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा ९रवीकिरण० सहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायतका २४ जनाभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
कार्यक्रममा माओवादीका अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए। पार्टी प्रवेशपछि रवीकिरणले नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको दाबी गर्दै अन्य कोहीले रहर गरेर नहुने बताए। अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको उनले बताए।











































