मकवानपुरका रेणु लामाद्धारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

लोकखबर
२०७८ माघ २७, बिहीबार १६:०६

मकवानपुर । हेटौंडा-११ स्थित रहेको सीता राना मगरको परिवारलाई मकवानपुरका रेणु लामाले खाद्यान्न सहयोग गरेका छन् ।

बिहीबार (आज) मकवानपुरका रेणु लामा हाल छिमेकी मुलुक भारतमा वैदेशिक रोजगारको शिलशिलमा रहेका उनले मागेरै जीविकोपार्जन गरिरहेका मगरको परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।केही दिन पहिला प्रसारणमा भएको समाचारबाट उनले सीता राना मगरको परिवारको अवस्था बारे थाहाँ पाएका बताए । उनको यो अवस्थाले लामालाई मर्माहत भएको बताए ।

उनले मगरको परिवारलाई १ बोरा चामल, नुन २ प्याकेट, ६ वटा लुगा धुने साबुन, २ किलो मुसुरोको दाल र २ किलो चिउरा, ४ मिटरको ओछ्याउने म्याट, २ लिटर खाने तेल, वाइवाइ चाउचाउ १ कार्टुन र मुरी भुजा दुई केजी, पाँच वटा ब्रस र एक वटा मञ्जन, दुई किलो आलु लगायतका खाद्यान्न सहयोग गरेका हुन् ।

समृद्व समाज राष्ट्रिय दैनिककी संवाददाता अञ्जना तामाङ र जमुना थिङले बिहीबार घरमै पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको