अखिलद्वारा सेनिटाइजर मेसिन र प्याडको भेन्डिङ मेसिन वितरण
मकवानपुर । अनेरास्ववियू हेटौँडा क्याम्पस कमिटीले क्याम्पसलाई अटो डिस्पेन्सर सेनिटाइजर मेसिन र सेनेटरी प्याडको भेण्डिङ मेसिन वितरण गरेको छ । हेटौडा क्याम्पसको ३१ औ बार्षिक उत्सवको अवसरमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याडको भेण्डिङ मेसिन, अटो सेनिटाइजर डिस्पेन्सर मेसिनसँगै २५ लिटर सेनिटाइजर हस्तान्तरण गरेको हो ।
अनेरास्ववियू हेटौँडा क्याम्पस कमिटीको सह संयोजक शंकर लामाको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्वियू केन्द्रिय स्थाई कमिटि सदस्य सुलभ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुरका अध्यक्ष अरुण बर्तौलाले सबै विद्यार्थीको स्वास्थ्यप्रति सचेत रहेर सयोग गरिएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताए ।
हेटौंडा क्याम्पसका प्रमुख डाक्टर देव चन्द्र मानन्धर ले क्याम्पसमा रहेका संगठनमध्ये सिर्जनशील काम गरेकामा धन्यवाद दिए । कार्यक्रममा अनेरास्वियू केन्द्रिय स्थायी कमिटि सदस्य सुलभ अधिकारी, अनेरास्वियू मकवानपुर जिल्ला उपाध्यक्ष शिसिर पराजुली, सचिव आकाश अधिकारी, सदस्यहरु सञ्चमान तामाङ, दिपेश कार्की, कुशल पराजुली, रोशन गोले लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याडको भेण्डिङ मेसिन र अटो सेनिटाइजर डिस्पेन्सर मेसिनसँगै २५ लिटर सेनिटाइजर हस्तान्तरण गरिएको छ ।












































