जालपाको शाखा हेटौंडामा
मकवानपुर । जालपादेवी फर्निचर उद्योग प्रालिले हेटौंडामा आफ्नो शाखा विस्तार गरेको छ ।
गत माघ २८ गते मकवानपुर उद्योग वाणीज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले फर्निचर उद्योग हेटौंडाको शाखा उद्घाटन गरे । हेटौंडा शाखा करिब ३५ लाख लागतमा शुभारम्भ गरिएको हो ।
उद्योगका संचालक प्रमोद बानिया सन् २०१५ मा काठमाडौंको सितापाइलामा ६५ लाख रुपैंया लगानीमा संचालन गरेको जालपादेवी फर्निचर उद्योग राम्रोसंग चलेकाले हेटौंडामा पनि शाखा विस्तार गर्न आफूहरु सफल भएको बताउँछन् । ‘उद्योग संचालनको थोरै समयमा पनि बजार लिन सफल भयौं ।’ उद्योग संचालक प्रमोद बानियाको भनाई छ ।











































