शिवनाथद्वारा संचालित नि:शुल्क कक्षाको वार्षिक समिक्षा
मकवानपुर । शिवनाथद्वारा संचालित नि:शुल्क टयुसन् कक्षा ४ वर्ष पूरागरि ५ वर्षमा प्रवेश गरेको छ । नि:शुल्क कक्षाद्वारा गरिएको काम बारे वार्षिकोत्सबमा समिक्षा गरिएको हो ।
मधेस प्रदेशको सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर २ स्थित बिर्ताबजारमा ४ वर्षदेखि नियमित सन्चाल हुँदै आएको कक्षामा करिब ५५ जना जनजाति तथा दलित बिद्यार्थीहरु अध्ययन रत रहेका छन् । जुन बिद्यार्थीहरु १ देखि ८ कक्षासम्म अध्ययन रत रहेको सामाजसेवि शिवनाथ राउत कहारले बताए ।
चन्द्रनगर गाउँपालिका शिक्षा शाखा प्रमुख हरिकान्तलाल कर्णले समाजसेवी कहारलाइ सम्मान गर्दै यस्तो काम गर्दै जान र उनी आफ्नो तर्फबाट पूरा सहयोग गर्ने बताए ।











































