मकवानपुरगढीको कालीदेवी प्राविका विद्यार्थीलाई नेता बानियाँद्वारा पोशाक सहयोग
मकपानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित एक विद्यालयका विद्यार्थीलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कपडा सहयोग गरेका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको कालीदेवि प्राविका १ देखि ५ कक्षासम्म अध्ययनरत ६० जना विद्यार्थीलाई विहिबार बानियाँको सहयोगमा पोशाक वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय थिङको अध्यक्षता एवं नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्द लामाको प्रमुख आतिथ्यतामा पोशाक वितरण गरिएको हो ।
नेता बानियाँले यसअघि पनि विभिन्न स्थानका विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई न्यानो कपडा तथा पोशाक वितरण गरेका थिए ।
पोशाक वितरण कार्यक्रममा समाजसेवी शंकर न्यौपाने, विद्यालय प्रधानाध्यापक विष्णु खड्का, नेता बानियाँको स्वकिय सचिव मिलन पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।











































