क्याम्पाडाँडामा पुरुष फुटलमा दुई खेल हुँदै

लोकखबर
२०७८ फाल्गुन ३०, सोमबार १२:०५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाडाँडास्थित रंगशालामामा जारी बागमती प्रदेश प्रथम पुरुष फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुदैछन् ।

दिउशो १ बजेपछि हुने पहिलो खेलमा रामेछाप र सिन्धुपाल्चोकका बीच प्रतिष्पर्धा हुनेछ । यस्तै, दिउशो ३ बजेपछि हुने आजैको अर्को खेलमा
मकवानपुर र नुवाकोटबीच प्रतिस्पर्धा हुने आयोजक प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत हिजो आइतबार भएको खेलमा चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर रले विजयी सुरुवात गरेको थियो । प्रतियोगिता अन्तर्गत ब्याटमिन्टनमा चितवन, सिन्धुली, रसुवा, काभ्रेपलान्चोक, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलेले शनिबार प्रतियोगिता उद्घाटन गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको