मनहरीबाट सुरु भयो राष्ट्रिय खोप अभियान

लोकखबर
२०७८ चैत्र २६, शनिबार ०६:११

मकवानपुर । टाइफाइड विरुद्दको राष्ट्रिय खोप अभियान मकवानपुरको मनहरीबाट सुभारम्भ गरिएको छ ।

मनहरी ५ स्थित भोजसिद्द माविमा आयोजित एक समारोहमा सम्बोधन गर्दै सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले बालबालिकालाई ढुक्क भएर खोप लगाउँन आग्रह गरेका छन् ।

२५ चैतबाट सुरु अभियान वैशाख १८ गतेसम्म जारी रहने भएकाले यो समयमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउँन सहयोग पुर्‍याउँन मन्त्री खतिवडाले भनेका छन् ।

मन्त्री खतिवडाले खोप र सिरिन्जको बाकस जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईँलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख गुरागाईंका अनुसार खोप अभियानबाट मकवानपुरका एक लाख ८ हजार बालबालिका लाभान्वित हुनेछन् ।

खोप शुभारम्भ कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, संविधानसभा सदस्यहरु राजाराम स्याङतान, गोविन्दराम चेपाङ, हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मीनाकुमारी लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला विष्ट, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको