एकीकृत समाजवादीको युवासंघ मकवानपुरगढीको नेतृत्व जीतबहादुर मोक्तानलाई

लोकखबर
२०७८ चैत्र २६, शनिबार २०:२९

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट युवा संघ मकवानपुरगढीको अध्यक्षमा जीतबहादुर मोक्तान चयन भएका छन् ।
आज मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ को पार्टी कार्यालय स्थापनाका अवसरमा मोक्तानको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ मकवानपुरगढी गाउँपालिका गठन गरिएको हो ।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटी मकवानपुरगढी गाउँपालिकाका संयोजक सूर्यचन्द्र न्यौपाने, पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य माननीय मुनु सिग्देल,पार्टी मकवानपुर गढीगाउँपालिका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य अर्जुन दहाल, पार्टी जिल्ला सचिवालय सदस्य तथा यूवा संघका जिल्ला सचिव सगुन स्याङतान, पार्टी गाउँपालिकाका सचिव रोमनाथ रेग्मी, पार्टी जिल्ला कमिटी सदस्य दुर्गाप्रसाद दहाल,शिवराज देवकोटा, युवा संघ जिल्ला सचिवालय सदस्य तथा पार्टीका जिल्ला कमिटी सदस्य राजेश्वर दहालको आतिथ्यता थियो ।

यस्तै, युवा संघ जिल्ला सदस्य तथा मकवानपुरगढी गाउँपालिका इन्चार्ज भरत फुयाल, अनेरास्ववियु जिल्ला सदस्य तथा मकवानपुरगढी गाउँपालिका इन्चार्ज गोकुल लम्साल, किसान महासंघका केन्द्रीय सदस्य गोविन्द देवकोटा, श्रमिक महासंघका केन्द्रीय प्रतिनिधी शंकर न्यौपाने, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश अध्यक्ष जीवन तिमल्सिना, अनेमसंघ जिल्ला सचिव जानुका सन्जेल लगायतको उपस्थिती थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको