चुनावमा गठबन्धन गर्ने एमाले र राप्रपा नेपालबीच सहमती
काठमाडौं । नेकपा एमाले र राप्रपा नेपालबीच आसन्न चिर्वाचनमा तालमेल गर्ने सहमती भएको छ ।
आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा देशभर आवश्यकता अनुसार दुवै पार्टीले साझा चुनाव चिन्ह सूर्य लिएर भाग लिने सहमती भएको हो ।
आज बुधबार एमाले – राप्रपा नेपालबीच भएको दुई पक्षीय वार्तामा राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चुनाव चिन्ह लिएर निर्वाचनमा लड्ने सहमती भएको राप्रपाका महामन्त्री सुशील श्रेष्ठले जानकारी दिए ।
दुई पार्टीबीच भएको सहमतिमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सहमतीमा राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने उल्लेख छ ।











































