मकवानपुरका महिला पत्रकारलाई सेनिटरी प्याड

लोकखबर
२०७८ चैत्र ३०, बुधबार २१:१३

मकवानपुर । मकवानपुरका महिला पत्रकारलाई सेनेटरी प्याड व्यवस्था गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरले संचारिका समूहलाई मकवानपुरका महिला पत्रकारका लागि प्याड हस्तान्तरण गरेको हो ।

नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान कार्यक्रम सहित पत्रकार महासंघ मकवानपुरमा आज बुधबार आयोजित कार्यक्रममा प्याड हस्तान्तरण गरिएको हो ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, महासंघ बागमती प्रदेश समितीका निवर्तमान अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, महासंघ बागमती प्रदेशका उपाध्यक्ष सम्झना कार्की, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहालले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको हो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको