हिमालयन टाइगरलाई हराउँदै मकवानपुर सेमीफाइनमा

लोकखबर
२०७९ बैशाख ३, शनिबार १४:००

मकवानपुर । चितवनमा जारी यू- २० बीस बर्ष मुनिका महिला तथा पुरुष समूहको नेशनल रग्बी च्याम्पियनसिप २०२२ मा मकवानपुर पुरुष टिम बाई पाउदै काठमाडौको हिमालयन टाईगर रग्बी क्लबलाई हराउदै सेमि-फाईनलको यात्रा तय गरेको छ ।

मकवानपुरले सेमिफाईनलमा दिउँसो ४ बजे चितवन रग्बी संघसंग प्रतिस्पर्धा गर्दैछ । मकवानपुरबाट महिला तथा पुरुष गरी २४ सदस्यीय टिम हिजो चितवन गएको हो । महिला टिम आफ्नो दुवै खेल गुमाउदै प्रतिस्पर्धाबाट बाहिरिएको छ ।

प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ । प्रतियोगिता नेपाल रग्बी संघ को आयोजनामा भइरहेको हो ।
प्रतियोगितामा टिम कोच विक्रम भारती र टिम म्यानेजरमा सुनील लोप्चन रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको