हेटौंडा उपमहानगरमा एकीकृत समाजवादीबाट यी हुन् मेयरदेखि वडा अध्यक्षका उम्मेदवार

लोकखबर
२०७९ बैशाख ३, शनिबार २०:४६

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को हेटौंडा उपमहानगरपालिका कमिटीको आज शनिबार बसेको बैठकले निकै चासोका साथ हेरिएको उपमहानगरपालिकाको मेयर, उपमेयर तथा वडा अध्यक्षमा उम्मेदवारको नाम पार्टी जिल्ला कमिटीलाई सिफारिस गरेको छ ।

कमिटीको पाँचौ पूर्ण बैठकले उपमहानगरपालिकाको मेयरमा श्रीधर पोख्रेल र मीनाकुमारी लामाको नाम पार्टी जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

यस्तै, उपमेयरका उम्मेद्वारको रुपमा तिलक अधिकारी, ध्रुव भुजेल, कविन पन्त र तारा ढुङ्गाना लामाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको छ ।

यस्तै, हेटौंडाका १९ वटै वडाबाट अध्यक्षका उम्मेद्वार पनि नगरकमिटीबाट जिल्ला कमिटीमा सिफारिस भएका छन् ।  हेटौंडा १ मा बेगम बराल, २ मा तारा ढुंगाना लामा र शिशिर पराजुली, ३ मा तेजराज बर्तौला, मेनुका पौड्याल र यादव गौतम, ४ मा निरज सिंह, ५ मा रविन्द्र पोख्रेल, ६ मा गोपालप्रसाद दाहाल, ७ मा राजु अधिकारी, रघुप्रसाद आचार्य, ८ मा बैकुन्ठप्रसाद सापकोटा, ९ मा सुकराम केसी, १० मा प्रेमकुमार गुरुङ, ११ मा देवकुमार श्रेष्ठ, १२ मा सोमलाल बल, १३ मा मनोज वाइवा, विष्णुमाया लामा, राजकुमार वाइवा, नवराज थिङ, १४ मा मोहनसिं मोक्तान, १५ मा दिपेश थिङ, प्रेमबहादुर भोम्जन, १६ मा लोकनाथ चौलागाईं, १७ मा कृष्णबहादुर सापकोटा, १८ मा केदार बानिया र १९ मा रामप्रसाद पौडेल अध्यक्षका लागि नगर कमिटीबाट पार्टी जिल्ला कमिटीमा सिफारिस भएका हुन् ।

यस्तै,बैठकले १९ वटै वडाका लागि चुनावी कमान्डरहरु पनि छानेको छ । पार्टी उपमहानगरपालिका कमिटीका अध्यक्ष ध्रुवबहादुर भुजेलको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत प्रमुख आतिथ्यमा बैठक भएको हो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज मुनु सिग्देल, केन्द्रीय सदस्य तथा पार्टी कानून फाँटका इन्चार्ज घनप्रसाद गौतम, पार्टी जिल्ला अध्यक्ष तथा प्रदेश कमिटी सचिवालय सदस्य श्रीधर पोख्रेल, बागमती प्रदेश कमिटी सदस्य यादव गजुरेल, पार्टी मकवानपुर उपाध्यक्ष मीनाकुमारी लामा, पार्टी जिल्ला सचिव विष्णु दाहाल,पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य, नगर सहइन्चार्ज लगायतको आतिथ्यता थियो ।

गठबन्धनबाट चुनाव लड्ने केन्द्रीय गठबन्धनको सहमती भएपनि पार्टीका तर्फबाट वडादेखि उमहानगरसम्मको नेतृत्व लिन उम्मेद्वारहरुको नामबारे बैठकमा निर्णय भएको जनाइएको छ ।

यस्तै, गठबन्धनको निर्णयप्रति पूर्ण प्रतिबद्द रहँदै गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई जिताउनका लागि नेकपा (एकीकृत समाजवादी)  एकढिक्का भएर लाग्ने निर्णय पनि गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको