यू-२० नेशनल रग्बी च्याम्पियनसिपमा मकवानपुर रग्बी पुरुष समूहमा उपबिजेता
मकवानपुर । चितवनमा सम्पन्न यू-२० नेशनल रग्बी च्याम्पियनसिप २०२२ मा मकवानपुर रग्बी पुरुष समूहमा उपबिजेता बनेको छ ।
समूह बीमा रही बाई पाएको टिम मकवानपुरले आफ्नो पहिलो खेल काठमाडौको हिमालयन रग्बी क्लब्लाई २-० स्कोरमा हराउदै सेमि फाईनलमा आफ्नो स्थान बनाएको थियो ।
आफ्नो सेमीफाईनल खेल चितवन रग्बीसंग निर्धारित समयसम्म पनि कुनै स्कोर हुन नसकेपछी ३-३ मिनेटको थप समय खेलाईएको थियो । तर पनि दुबै टिमले कुनै पनि स्कोर गर्न नसकेपछि खेल कन्भर्सन किक म धकेलिएको थियो । जसमा मकवानपुरटिमका कप्तान अनिश लामाले कन्भर्सन किकलाई स्कोरमा परिणत गरेका थिए, जुन मकवानपुरको लागि जितको ढोका बन्न पुग्यो । अन्य कुनै पनि खेलाडीले स्कोर गर्न नसकेपछि चितवनलाई पाखा लगाउदै मकवानपुर टिमले फाईनलको यत्रा तय गर्यो र अन्तिम प्रतिस्पर्धामा मकवानपुरले काठमाडौको क्लब गोर्खाली रग्बी क्लबको समाना गर्यो । जुन टिम नेपाल रग्बिका दिग्गज राष्ट्रिय खेलाडीहरुबाट प्रशिक्षत दाबेदार टिम थियो तरपनी केही महिनाको प्रशिक्षण गरेर मैदानमा उत्रेको मकवानपुरले आफ्नो सम्पूर्ण प्रतिद्वन्दीलाई कडा टक्कर दियो । तर अन्तिममा गोर्खाली रग्बी क्लबसंग झिनो अन्तरले पराजित हुन पुग्यो र मकवानपुरको लागि रग्बी गेममा उपाधी प्राप्त गर्ने पहिलो टिम बनेको छ ।
विक्रम भारतीको प्रशिक्षण तथा सुनिल लोप्चनको ब्यवस्थापनमा मैदान उत्रिएको टिमले आगामी दिनमा अझै फड्को मार्ने विश्वास छ ।











































