इन्द्रसरोबर १ मा कांग्रेसको प्यानलै विजयी
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मा कांग्रेसको प्यानलै विजयी भएको छ ।
यसअघि पनि विजयी बनेको कांग्रेसले यो पटक पनि आफ्नो विजययात्रा कायम राखेको हो ।
वडा अध्यक्षमा विजयी भएका सुवास थापाले ७ सय ४४ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी एमालेका राजु बस्नेतलाई उनले १ सय ५९ मतान्तरले पराजित गरेका हुन् । सो वडामा १६ सय ९३ मत खसेको जनाइएको छ ।











































