मकवानपुरमा कांग्रेसको अर्को जीत, भीमफेदी १ मा सोमबहादुर विजयी

लोकखबर
२०७९ बैशाख ३१, शनिबार १३:४४

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका सोमबहादुर स्याङतान विजयी भएका छन् ।
एमालेकी पन्चमाया स्याङतानलाई २ सय ५५ मतान्तरले पराजित गर्दै सोमबहादुर विजयी बनेका हुन् ।

उनी पाँच दलीय गठवन्धनका तर्फबाट साझा उम्मेदवार हुन् ।

सोमबहादुरले ९१० मत प्राप्त गरेका हुन् भने एमालेकी पञ्चमायाले ६५५ मत प्राप्त गरेकी हुन् ।

भीमफेदीको वडा नम्बर १ मा १६४१ मत खसेको थियो । सो वडामा ७२ मत भने बदर भएको जनाइएको छ ।
यसअघि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मा कांग्रेसको प्यानलै विजयी भइसकेको छ । वडा अध्यक्षमा विजयी भएका सुवास थापा विजयी बनेका हुन् ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको