मनहरी १ मा कांग्रेसका शिव खनाल फराकिलो मतान्तरले विजयी
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका शिव खनाल एमालेका उम्मेदवारलाई ७०० मतले हराउदै विजयी बनेका हुन् ।
विजयी खनालले १०९३ मत प्राप्त गर्दा एमाले उम्मेदवार भने जम्मा ३९३ मात्र मत प्राप्त गरे ।











































