मकवानपुरको भीमफेदी २ मा एमालेका काशीराम बज्यु विजयी
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका काशीराम बज्यु विजयी भएका छन् ।
गठबन्धनका उम्मेलवार एकीकृत समाजवादीका कर्णबहादुर पाख्रीनलाई पराजित गर्दै बज्यु निर्वाचित भएका हुन् ।
विजयी बनेका बज्युले ७ सय ४४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी पाख्रीनले ७ सय ३ मत प्राप्त गरेका हुन् ।











































