थाहा १ मा माओवादी केन्द्रका गोपालीको प्यानलै विजयी

लोकखबर
२०७९ बैशाख ३१, शनिबार १७:११

मकवानपुर । थाहा १ मा माओवादी केन्द्रका हेरमान गोपालीको प्यानलै विजयी भएको छ । गोपालीले एमालेका उम्मेदवार प्रदिप प्रधानलाई पराजित गरुेका हुन् ।

विजयी भएका गोपालीले ८ सय ६३ मत प्राप्त गरे भने एमालेका प्रधानले ७ सय ५८ मत ल्याए ।

यस्तै, कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार रुपचन गोपालले ३ सय ५८ मत पाए ।

वडामा खुला सदस्यमा विजयी हुनेहरुमा माओवादी केन्द्रका सरोज प्रधान र सुवर्ण गोपाली छन् ।

महिला सदस्यमा अनिता बल र दलित महिला सदस्यमा पार्वती सुनार विजयी भएका छन् ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको