बुद्दको मार्गदर्शन अनुशरण गरे राष्ट्रिय एकता तथा विश्व शान्तिका लागि टेवा पुग्छ : बागमती प्रदेश प्रमुख शर्मा

लोकखबर
२०७९ जेष्ठ २, सोमबार ०६:२०

मकवानपुर । आज सोमबार मनाइदै गरिएको २५६६ औं बुद्दजयन्तीका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले शुभकामना सन्देश व्यक्त गरेका छन् । ‘सम्पूर्ण बौद्दमार्गी नेपालीहरु तथा बुद्दको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ प्रदेश प्रमुख शर्माले बुद्द जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै भनेका छन् ।

प्रमुख शर्माले सन्देशमा वैशाख शुक्लपक्षको पूर्णिमा तिथि आजको दिनमा गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले विश्वभरका बौद्द धर्मावलम्बीहरूद्वारा उहाँप्रति श्रद्दा भाव व्यक्त गर्ने महत्वपूर्ण दिनका रुपमा हामीले बुद्द जयन्ती मनाउने गरेको बताएका छन् ।

नेपालको कपिलबस्तुमा जन्मिनुभई विश्वर शान्तिका अग्रदूतका रुपमा प्रख्यात गौतमबुद्घप्रति सदैव गौरवबोध रहेको उल्लेख गर्नुहुँदै प्रमुख शर्माले उहाँको मार्गदर्शन अनुशरण गरेमा राष्ट्रिय एकता तथा विश्व शान्तिका लागि टेवा पुग्ने आफ्नो विश्वास रहेको जनाएका छन् । ‘उहाँका प्रेरणादायी उपदेश तथा जीवनोपयोगी मार्गदर्शनलाई अनुशरण गर्न सकेमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, भातृत्व अभिवृद्दि भई राष्ट्रिय एकता तथा विश्व शान्तिका लागि टेवा पुग्दछ भन्ने मलाई विश्वास छ ।’ प्रमुख शर्माले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

साथै प्रमुख शर्माले गौतम बुद्धका उपदेश तथा मार्गदर्शनलाई पछ्याउँदै सत्य,शान्ति, तथा समृद्दिको पथमा हिड्नका लागि आजको दिनले हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको