भीमफेदी अध्यक्षमा एमालेका हिदम, उपाध्यक्षमा कांग्रेसका संजीव विजयी
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको नेतृत्व फेरि पनि एमालेले जितेको छ । गठबन्धनका उम्मेदवार माओवादी केन्द्र बद्रीबहादुर स्याङ्तान ३ सय ८२ मतान्तरमा पराजित गर्दै एमालेका हिदम लामा फेरि गाउँपालिकाको अध्यक्षमा विजयी बनेका छन् ।
विजयी लामाले ५ हजार ५ सय ९१ प्राप्त गरे भने अध्यक्षका अर्का उम्मेदवार स्याङ्तानले ५ हजार २ सय ९ मत पाए ।
पालिकाको उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट कांग्रेसका संजीव श्रेष्ठ विजयी बनेका छन् । श्रेष्ठले ५ हजार ३ सय १५ मत प्राप्त गरे । यसअघि पालिका उपाध्यक्ष रहेकी एमालेकी उम्मेदवार पार्वती राना १६ मतान्तरमा श्रेष्ठसंग पराजित बनिन् । रानाले ५२९९ मत प्राप्त गरेकी हुन् ।











































