इन्द्रसरोबर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवैमा एमाले विजयी

लोकखबर
२०७९ जेष्ठ २, सोमबार १०:०५

मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी विजयी भएका छन्।
विजयी बनेका पुडासैनीले अध्यक्षका अर्का उम्मेदवार कांग्रेसका विश्व लामालाई २ सय ५० मतान्तरमा पराजित गरेका हुन् ।
विजयी पुडासैनीले ३ हजार ७ सय २२ मत प्राप्त गरे भने लामाले ३ हजार ४ सय ७२ मत ल्याए ।

यस्तै उपाध्यक्षमा एमालेकै उमाकुमारी लामाले ६९ मतको अन्तरमा कांग्रेसकी उम्मेदवार निर्मला रुम्बालाई हराइन् ।

विजयी बनेकी लामाले ३ हजार ७ सय २५ मत प्राप्त गर्दा रुम्बालाई ३ हजार ६ सय ५६ मत आयो । उपाध्यक्ष जितेकी लामा यसअघि पनि उपाध्यक्षकै जिम्मेवारीमा थिइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको