मत गणना सकिएको मकवानपुरगढीको चारै वडामा कांग्रेसको जित

लोकखबर
२०७९ जेष्ठ २, सोमबार १०:३२

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको चार वटा वडाको सम्पन्न हुँदा चारै वटा वडामा पुन : कांग्रेस विजयी बनेको छ ।
गत स्थानीय चुनाव २०७४ मा विजयी बनेको १,२,७ र ८ मा पुन : कांग्रेसका उम्मेदवार अध्यक्षमा विजयी भएका हुन् ।
वडा नम्बर १ मा कांग्रेस नेतृत्वको प्यानल नै विजयी भएको छ । आईतसिं लोसहितको प्यानल यो वडामा विजयी भएको हो ।
विजयी भएका लोले ७ सय ९३ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी एमालेका उम्मेदवारले ४ सय ११ र माओवादीका उम्मेदवारले १ सय ६५ मत पाए ।
यस्तै, २ नम्बर वडामा पुन : कांग्रेसका बखानसिं पाख्रीन विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार एमालेका सन्तबहादुर सिंगारलाई ५ सय ७४ को मतान्तरमा पराजित गर्दै पाख्रीनको प्यानलै विजयी भएको हो ।
अध्यक्षमा निर्वाचित पाख्रीनले एक हजार एक सय ७१ मत प्राप्त गरे भने सिंगारले ५ सय ९७ मत पाए ।
यस्तै, माओवादी केन्द्रका जीतबहादुर लोले ३ सय ३७ मत प्राप्त गरे । यो वडामा २ हजार २ सय ८० मत खसेको थियो ।
यस्तै, ७ नम्बरमा पुन : कांग्रेसको प्यानलै विजयी भएको छ । सूर्यबहादुर रूम्बाले एमालेका एकरत्न गोलेलाई २ सय ६६ मतले पराजित गरेका हुन् । रुम्बा यसअघिका पनि वडाध्यक्ष हुन् ।
रूम्बाले ६ सय ७६ मत पाए भने गोलेको ४ सय १० मत आयो । यस्तै, माओवादी केन्द्रका चन्द्रबहादुर योन्जनले ४ सय ४ मत पाए ।
यस्तै, मकवानपुरगढी ८ मा कांग्रेसका कुमार घिसिङले एमालेका विनोद पुडासैनीलाई ९८ मतान्तरमा हराए । चुनाव जितेका घिसिङको ४ सय ४८ मत र पराजित पुडासैनीको ३ सय ५० मत प्राप्त भयो । यस्तै, वडाअध्यक्षमा माओवादी भने २ सय ४४ मत पाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको