हेटौंडाको वडा नम्बर १ मा पुन  : कांग्रेसको नेतृत्व, २ मा एमाले पराजित

लोकखबर
२०७९ जेष्ठ २, सोमबार ११:२१

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा यो पटक पनि नेपाली कांग्रेसले नेतृत्व पाएको छ ।
वडाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका सविन न्यौपाने फेरि पनि अध्यक्षमा विजयी भएका छन् ।

२०७४ सालको चुनाव अध्यक्षमा उनी विजयी भएपनि अरु सबै सदस्यहरु भने एमालेले जितेको थियो । यो पटकको चुनावमा पनि परिणाम त्यस्तै आएको छ ।

एमालेका उत्तमप्रसाद पौडेललाई १ सय ३१ मतको फरकमा हराउँदै न्यौपाने दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा विजयी न्यौपानेले एक हजार ४ सय ६७ मत ल्याउँदा उनका प्रतिष्पर्धी पौडेलले एक हजार ३ सय ३० मत पाए ।
यस वडामा ३ हजार २ सय ९३ जनाले मतदान गरेका थिए ।

यस्तै, एमालेले जित्ने आँकलन गरिएको र ७४ सालको चुनावमा विजयी भएको एमाले भने यो पटक हेटौंडा २ मा नेतृत्व लिन चुकेको छ ।

कांग्रेसका विष्णुगोपाल महर्जनले एमालेका हरिबहादुर राउतलाई फराकिलो मतान्तरमा हराएका छन् । राउत गत स्थानीय चुनावबाट अध्यक्षमा निर्वाचित भएका थिए । यो पटक पनि चुनाव जित्ने उनको अपेक्षा पूरा हुन सकेन । हेटौंडा १ मा पुन : न्यौपाने अध्यक्षमा विजयी भए पनि राउतले भने पाँच दलीय गठबन्धनका कारण हार व्यहोर्नु परेको हो । मतगणना सम्पन्न हुनु अगावै उनी विजयी भएका हुन् ।

वडा नम्वर २ मा जम्मा ३ हजार २ ८६ मत खसेकोमा समाचार तयार पार्दासम्म २ हजार ९सय २६ मत गणना भएको छ ।

विष्णुगोपाल महर्जन 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको