हेटौंडा १९ मा सुवेदीको नेतृत्वमा एमालेको प्यानलै विजयी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका रामकुमार थापालाई २ सय २१ मतको अन्तरमा एमालेका नरनाथ सुवेदीले हराएका हुन् ।
निर्वाचनमा सुवेदीले १ हजार ४ सय २३ मत पाए भने थापाको १ हजार २ सय २ मत आयो ।
यस्तै, वडा अध्यक्षका अर्का उम्मेदवार माओवादी केन्द्रका प्रकाश लामा थोकरले भने ९ सय ६३ मत प्राप्त गरे ।











































