मकवानपुरगढी गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा गठबन्धन विजयी
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा गठबन्धनले एमालेलाई पराजित गरेको छ ।
कांग्रेसबाट अध्यक्षका उम्मेदवार दोर्जे लामा स्याङ्तानले एमालेबाट अध्यक्षका उम्मेदवार विदुर हुमागाईंलाई १०६१ मतान्तरले पराजित गरेका हुन् ।
चुनाव जितेका दोर्जेले ६७०६ मत प्राप्त गरे भने एमालेका हुमागाईले ५६४५ मत पाए । यसअघि पनि पालिकामा अध्यक्षको जिम्मेवारी निर्वाह गरेका हुमागाईंले यो पटक जितका लागि आवश्यक मत पाउँन असफल भए । उनको वडा मकवानपुरगढी ५ मा पनि नेपाली कांग्रेस विजयी भयो । आफ्नै वडामा मत संरक्षण गर्न चुक्दा गत चुनावमा लोकप्रिय मत ल्याएका हुमागाईंले पटक हार व्यहोर्नु परेको हो ।
हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन(२०७९ अन्तर्गत मकवानपुरको मकवानपुरगढीमा कांग्रेस,माओवादी र नेकपा एस नेतृत्व गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
यस्तै, पालिका उपाध्यक्षमा पनि एमालेलाई गठबन्धनले हराएको छ । माओवादी केन्द्रकी उम्मेदवार मानकुमारी नेपालीले एमालेकी सन्तु थिङलाई ९०६ मतान्तरमा हराइन् ।
विजयी नेपालीले ६११० मत पाइन् भने एमालेकी थिङले ५२०४ मत प्राप्त गरिन् ।











































