आइतबार सार्वजनिक बिदा हट्यो

लोकखबर
२०७९ जेष्ठ २४, मंगलवार ०७:३८

मकवानपुर । इन्धन खर्च घटाई विदेशी मुद्रा जोगाउने लक्ष्य सहित आइतबार बिदा दिन थालेको सरकार एक महिनामै निर्णय उल्टाउन बाध्य भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको सार्वजनिक बिदा खारेज गर्ने निर्णय गरेको हो ।
१३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
विना अध्ययन आइतबार पनि सार्वजनिक बिदा दिने गरिएकोमा विभिन्न क्षेत्रबाट आलोचना भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको