कम्युनिष्ट पार्टी एकीकृत गर्ने बामदेव गौतमको योजना
मकवानपुर । तत्कालीन नेकपाको सचिवालय सदस्य रहेका बामदेव गौतम अहिले पनि नेपालमा कम्युनिष्ट पार्टी एकीकृत गर्ने अभियानमा छन् ।
आज शुक्रबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै नेता गौतमले आफू अहिले कुनै पनि पार्टीमा संलग्न नभएपनि कम्युनिष्ट पार्टी एकताको अभियानमा लागिपरेको बताए ।
उनले कम्युनिष्ट पार्टीलाई एकताबद्द गराउँनका लागि कुनै पनि नेताप्रति आफ्नो टिप्पणी नरहेको बताए । पार्टी एकीकृत अभियानबारे केही समयपछि आफूले घोषणा गर्ने पनि उनको भनाई छ ।
आन्तरिक समस्याका कारण नेकपा तीन टुक्रामा विभाजन हुन पुगेको उल्लेख गर्दै नेता गौतमले विकास तथा समद्दिका लागि कम्युनिष्टबीच एकता जरुरी रहेको आवश्यकता औंल्याएका छन् ।











































