सर्भिस क्याम्पमा १२५ जोन डियर ट्रयाक्टर सर्भिस

लोकखबर
२०७९ असार ३, शुक्रबार १४:०८

मकवानपुर । हेटौंडामा आयोजना गरिएको मेगा फ्रि सर्भिस क्याम्पमा १२५ वटा जोन डियर ट्रयाक्टरको सर्भिस गरिएको छ ।
विवेक अटोमोवाईल्स प्रालिको आधिकारिक सर्भिस सेन्टर नव दुर्गा रिपेयरिङ वर्कशपमा सर्भिस क्याम्प गरिएको हो । हेटौंडा ५ सानोपोखरामा रहेको वर्कशपमा भएको सर्भिस क्याम्पमा जोन डियर ट्रयाक्टरको स्पेयर पार्टसमा १० प्रतिशत छुट, प्रत्येक ट्रयाक्टर चालकलाई उपहार, ग्रिसिङ फ्रि, मर्मतसंभार निःशुल्क प्रदान गरिएको जनाइएको छ ।
सर्भिस क्याम्पमा सहभागी भएका मध्येबाट तीन जनालाई बम्पर उपहार समेत प्रदान गरिने आयोजकले जनाएको छ । उपहारको नतिजा आइतबार सार्वजनिक गरिने तयारी भएको पनि आयोजकले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको