हेटौंडामा युवाहरु संसदीय अभ्यास गर्दै

लोकखबर
२०७९ असार १९, आईतवार १५:३५

मकवानपुर । मकवानपुरको हेटौंडामा नमूना प्रदेश युवा सभा अभ्यास कार्यक्रम सुरु गरिएको छ ।

प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशका विभिन्न स्थानीय तहका ७० जना युवाको नमूना प्रदेश युवा सभा गर्न लागिएको जनाइएको छ । कार्यक्रममा सहभागीले संसदका सबै अभ्यास गर्ने जनाइएको छ ।

कार्यक्रमको प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले उद्घाटन गरे । उनले संसदको राम्रो अध्यास गर्न सुझाव दिए ।
यस्तै,प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले युवाहरुलाई राजनीतिप्रति बितृष्णा भइरहेको समयमा यस्ता अभ्यास प्रभावकारी हुने बताए ।
सभाका अध्यक्ष एवं प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले संसदीय अभ्यास सिकाउनका यो कार्यक्रम आफूहरुले संचालन गरेको बताए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको