उद्दव कार्कीको ‘फूलको माला’ लोकगीत टिकटकमा भाइरल
मकवानपुर । चर्चित लोकदोहोरी गायक उद्दव कार्कीको पछिल्लो गीत ‘फूलको माला’ यतिबेला चर्चित बनिरहेको पाइएको छ ।
लोकप्रिय बनिरहेको ‘फूलको माला’ गीतमा कार्की, रचना रिमाल र सिद्दान्त परियारको स्वर रहेको छ ।
गीतमा शब्द संकलन प्रकाश पराजुलीको हो भने थेगो उद्दव कार्कीको हो । गीतमा संगीत शिवनारायण जोशीको रहेको छ भने एरेन्ज नारायण दंगालले गरेका हुन् । गीतको म्युजिक भिडियोमा अनु पराजुली र राजाराम सिम्खडाको अभिनय हेर्न सकिनेछ ।
भिडियोको निर्देशन चित्र मास्की मगरले रहेको छ भने नविन घर्ती मगरले सम्पादन गरेका छन् । शिवपुरी म्युजिक च्यानलले युट्युबमा भिडियो सार्वजनिक गरेको हो ।
नुवाकोट स्थायी ठेगाना भएका गायक कार्कीको स्वरमा विभिन्न चर्चित गीतहरु सार्वजनिक भइसकेको छन् ।
यसअघि गायक कार्कीले ल्याएको नुवाकोटे कोई भन्दा कम छैन बोलको लोकदोहोरी गीत चर्चामा थियो ।
कार्कीले गायका पापीनी, उहीसंग बिहे गर, पन्चैबाजा ठोकर बिहे गर्छु लगायतका गीतलाई रुचाइएको छ ।











































