प्रतिनिधीसभा क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीबाट खतिवडा उम्मेद्वार सिफारिस

मञ्जु पुडासैनी
२०७९ भाद्र ४, शनिबार २०:४७

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्बर दुईबाट विरोध खतिवडालाई प्रतिनिधीसभाको उम्मेदवार बनाउँने निर्णय गरेको छ ।

पार्टी क्षेत्र नम्बर २ को आज बसेको बैठकले एकीकृत समाजवादीका नेता खतिवडालाई प्रतिनिधीसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउँन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

आगामी १० भदौमा बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफरिस गर्ने निर्णय गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिए ।

आसन्न चुनावका लागि प्रतिनिधीसभा क्षेत्र नम्बर २ को एकीकृत समाजवादीले खतिवडाको एकल नाम सिफारिस गर्ने निर्णय लिएको हो ।
लगातार चार पटक चुनाव उठेर जितेका खतिवडालाई फेरि पार्टीबाट प्रतिनिधीसभामा उम्मेदवार बनाउँने निर्णय भएको हो । खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका थिए ।

यस्तै, समानुपातिकमा केदार न्यौपाने, राजाराम स्याङतान र मुनु सिग्देलको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने राष्ट्रियसभामा ललित बस्नेतको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीले जनाएको छ ।

आजै बसेको प्रतिनिधीसभा २ को प्रदेश क र ख को लागि पनि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश क को अध्यक्ष किरणमान बलको अध्यक्षतामा बसेको बैठकले क मा रामचन्द्र बललाई प्रत्यक्ष र समानुपातिकमै उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, समानुपातिकमा बेगम बरालको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । क्षेत्र नम्बर २ को प्रदेशसभाको ख का अध्यक्ष टंक मोक्तानको अध्यक्षतामा बैठक बसेको हो । यस्तै, प्रदेशसभा ख मा प्रत्यक्षमा भुमिनन्द अर्याल, समानुपातिकमा गोविन्दराम चेपाङ, कृष्णबहादुर चेपाङ,सूर्यमान चेपाङ (कर्ण) र मनिला विष्टलाई उम्मेदवार बनाउँन नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

चुनावमा पार्टीबाट उम्मेदवार हुनेको नाम यही १० भदौभित्र सिफारिस गर्नुपर्ने एकीकृत समाजवादीको केन्द्रीय सर्कुलर अनुसार मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा र प्रदेशसभाको लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधीसभाका लागि एक महिला सदस्यसहित पाँच र प्रदेशसभामा एक महिलासहित चारजनाको नाम सिफारिस गर्नुपर्ने सर्कुलर अनुसार पार्टीको बैठकले निर्णय गरेको हो ।

बैठकमा पार्टीका नेताहरु विरोध खतिवडा, बागमती प्रदेश सदस्य रामचन्द्र बल, ललित बस्नेत, सूर्यचन्द्र न्यौपाने लगातयको उपस्थिती थियो ।
यस्तै,बैठकले पार्टीको बागमती प्रदेश सदस्य कल्याणविक्रम घलानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको